नियम ४२
निवेदकले अदालतलाई सहयोग गर्नु पर्ने
(१) काबूबाहिरको परिस्थिति परेकोमा बाहेक सार्वजनिक हक वा सरोकारको विवादको सुनुवाइको प्रत्येक चरणमा निवेदक उपस्थित भई अदालतको आदेश बमोजिम बहस पैरवी लगायतका कार्य गर्नु गराउनु पर्नेछ ।
(२)  निवेदकले दर्ता गराएको सार्वजनिक हक वा सरोकारको विवादको  विषयमा निरन्तर अध्ययन अनुसन्धान गरी विवाद निरूपण गर्न अदालतलाई हरसम्भव सहयोग पुर्‍याउनु पर्नेछ ।